वैशाख २० गते सोक्ला रक क्लाइम्बिङ महोत्सव हुने

राजकुमार भुजेल १३ वैशाख २०८२, शनिवार

 दोलखाको भीमेश्वर नगरपालिका–२ मा अवस्थित सोक्ला भ्यालीमा आगामी वैशाख २० र २१ गते ‘रक क्लाइम्बिङ महोत्सव २०८२’ आयोजना हुने भएको छ। यो महोत्सवको तेस्रो संस्करण हो, जसलाई सोक्लाश्वरी पर्यटन विकास समाजले आयोजना गर्न लागेको हो।

पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनका अनुसार, सोक्लालाई साहसिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले महोत्सव आयोजना गरिँदैछ। नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र स्थानीय निकायहरूको सहकार्यमा हुने यो महोत्सवमा दुई दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनेछन्। सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुमडाँडाको ४२० मिटर अग्लो चट्टानमा रक क्लाइम्बिङ गरिनेछ। अहिले २५–२५ मिटर लामो दुईवटा सिंगल पिचको रक रुट तयार पारिएको छ। यस वर्ष यो रुटलाई १०० मिटर उचाइसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।सदरमुकाम चरिकोटदेखि करिब ८ किलोमिटर टाढा रहेको सोक्ला गाउँ कृषि पर्यटन, चरा अवलोकन, धार्मिक अध्ययन तथा गौरिशंकर हिमशृंखलाको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य मानिन्छ।

महोत्सवमा माउन्टेन गाइड एसोसिएसन अफ नेपालले प्राविधिक संयोजन गर्नेछ। उद्घाटन कार्यक्रममा स्थानीय संस्कृति झल्काउने झाँकी, ताम्बा, झाँक्री, मारुनी नाच र पञ्चै बाजाको प्रस्तुति पनि रहनेछ। कार्यक्रममा हिमाल आरोही, स्काउट, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र पर्यटक प्रहरीको समेत सहभागिता रहनेछ। साथै विभिन्न पर्यटन संघसंस्थाहरूको पनि उपस्थिति रहने आयोजकले जनाएको छ।

रक क्लाइम्बिङ प्रतियोगितामा करिब तीन सय सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा सहभागी हुन एक हजार रूपैयाँ शुल्क तिर्नुपर्नेछ, र विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।

 

लेखकको बारेमा

राजकुमार भुजेल

दोलखा छड्केमा विभिन्न कलम चलाउँछन् ।

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

तामाकोशीमा बाढीको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

रसुवा बाढी अपडेटः सात जनाको शव भेटियो, १८ जना अझै बेपत्ता

भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अन्तरक्रिया कार्यक्रम सम्पन्न

ट्युसन पढ्ने किशोरबिच ग्याङ फाइट हुँदा २ को मृत्यु, ६ जना पक्राउ

"साईबर अपराध, लागु औषध र सडक सुरक्षा" को विषयमा प्रशिक्षण दिँदै दोलखा प्रहरी

दोलखाको गोंगर खोलामा बाढी

बैतेश्वर गाउँपालिकाबाट मानसिक सन्तुलन गुमाएका एक युवकको उद्दार

आगामी तीन दिन भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

आँफै बसेको ढुंगा पल्टिएर किच्दा दोलखामा एक किशोरको मृत्यु