फागुन ०४ गते सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य

दोलखा संवाददाता १३ फागुन २०८१, मङ्गलवार

मोरङको सुन्दरहरैँचा-१०स्थित विराटचोकमा हिजोबाट संचालन भएको 'विराट एक्स्पो'को पाचौ दिन अर्थात फागुन ०४ गते लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले सांगीतिक प्रस्तुती दिने भएको छ ।

सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको यो एक्स्पोको चौथो संस्करण फागुन १० गतेसम्म सञ्चालन हुनेछ । गत हप्ता मात्रै भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य कार्यक्रम सम्पन्न गरी फाल्गुन २ गते भ्यालेन्टाइन्स डेमा फिदिममा सांगीतिक कार्यक्रम गर्न लागेको मन मगन गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्ड फागुन ०४ मा मोरङको सुन्दरहरैँचामा भब्य कार्यक्रमको तयारीमा रहेको छ ।

कार्यक्रममा आफ्ना नयाँ र पुरानो गीतहरुको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गरिने ब्याण्डले जनाएको छ । सार्वजनिक शौचालय निर्माणको लागि रकम जुटाउन यो एक्स्पो आयोजना गर्न लागिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

नेपाली महिला फुटबल टिमको कप्तानमा सावित्रा

जिल्ला स्तरिय छात्रा फुटबल प्रतियोगिताको उपाधि एपेक्स स्कुलको पोल्टामा

दोलखामा बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरू

नेपाल खेलकुद महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

५० वर्ष कटेपछी स्वस्थानी भुजेलको “उडी जाने जेट” नामक पहिलो गीत रेकर्ड

ओलीको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ दोलखामा नयाँ नेतृत्व चयन

दोलखा - रामेछाप अन्तर शैक्षिक संस्था स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि सहिद स्मृति आमाविलाई

विन्ध्यवासिनी म्युजिक अवार्डमा सर्वोत्कृष्ट गायिका उषा गजुरेल

नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

एपीएफ क्लबसँग लुम्बिनी ७ विकेटले पराजित