६ वर्षदेखि सञ्चालन भएको बसको यातायात मन्त्रीले गरे चरिकोटमा उद्घाटन

दोलखा संवाददाता ११ फागुन २०८१, आइतवार

दोलखा : दोलखाको चरिकोटदेखि झापाको काँकडभित्तासम्म सिधा बस सेवा सुरु भएको ६ वर्ष पुग्न लाग्यो । रोजगारीका लागि धेरै दोलखालीहरु भारतको सिक्किम र पश्चिम बंगालमा रहेकाले उनीहरुको सुविधाका लागि काँकडभित्तासम्म सिधा बस सेवा २०७६ जेठ १ गतेदेखि सुरु भएर नियमित सञ्चालनमा रहेको छ ।
बस सेवा सञ्चालनमा आएको ६ वर्षपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चरिकोटमा उद्घाटन गरे । तामाकोसी गाउँपालिका वडा नं. ७ मा रहेको कालिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटनमा दोलखा आएका मन्त्री दाहालले चरिकोटमा बसको पनि उद्घाटन गरे ।
दोलखाको रोल्वालिङ यातायात सहकारी संस्थाको अगुवाइमा चरिकोटदेखि काँकडभित्तासम्म बस सेवा सुरु गरेको हो । पहिलो बस बा. ५.ख ५४०१ का चालक मञ्जिल खड्कालाई रोल्वालिङ यातायातका अध्यक्ष बालकृष्ण आचार्य र जिल्लाका ट्राफिक प्रहरी प्रमुख चन्दमान तामाङलगातले खादा लगाएर त्यसबेला उद्घाटन गरेका थिए ।

 

रोल्वालिङ यातायातसँग सहकार्य गरेर अहिले पूर्व अरनिको यातायात प्रालि, वीपी यातायात, मेची बस व्यवसायी संघले सहकार्य गरेर अहिले बस नियमित सञ्चालन हुँदै छ ।

रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष मिङ्गुर शेर्पाले स्थानीयस्तरबाट उद्घाटन गरिएको बस सेवा ढिलो भए पनि केन्द्रीय स्तरका मन्त्रीबाट उद्घाटन हुनुले यातायात क्षेत्र थप भरपर्दो बन्ने विश्वास व्यक्त गरे।

बस उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा एमाले पोलिट्व्यूरो सदस्य पार्वत गुरुङ, बागमती प्रदेश सभा सदस्य भरत केसी, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका उपस्थित थिए ।
६ वर्ष अघि जुन ठाउँमा बस उद्घाटन भयो त्यही ठाउँमा पुनः रोल्वालिङ यातायात सहकारी संस्थालाई कार्यक्रम आयोजना गर्न लगाई मन्त्रीले बस उद्घाटन गरेका हुन् । कालिका माविका पूर्व विद्यार्थी समेत रहेका सडक विभागका महानिर्देशक रामहरि पोखरेललाई साथै लिएर आएका मन्त्री दाहालले गत असोज १२ गतेको बाढीले क्षतिग्रस्त किर्नेटारको सडक र निजी क्षेत्रका जलविद्युत आयोजनाले निर्माण गर्दै गरेको लामाबगरदेखि तिब्बत सिमाना नजिकका सडकको समेत निरीक्षण गरेका थिए ।

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

तामाकोशीमा बाढीको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

रसुवा बाढी अपडेटः सात जनाको शव भेटियो, १८ जना अझै बेपत्ता

भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अन्तरक्रिया कार्यक्रम सम्पन्न

ट्युसन पढ्ने किशोरबिच ग्याङ फाइट हुँदा २ को मृत्यु, ६ जना पक्राउ

"साईबर अपराध, लागु औषध र सडक सुरक्षा" को विषयमा प्रशिक्षण दिँदै दोलखा प्रहरी

दोलखाको गोंगर खोलामा बाढी

बैतेश्वर गाउँपालिकाबाट मानसिक सन्तुलन गुमाएका एक युवकको उद्दार

आगामी तीन दिन भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

आँफै बसेको ढुंगा पल्टिएर किच्दा दोलखामा एक किशोरको मृत्यु