"साईबर अपराध, लागु औषध र सडक सुरक्षा" को विषयमा प्रशिक्षण दिँदै दोलखा प्रहरी

राजकुमार भुजेल १९ असार २०८२, बिहिवार

दोलखा। आम नागरिकलाई सुसोचित गराउने उदेश्यले दोलखा प्रहरीले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय दोलखाले साईबर अपराध, लागु औषध र सडक सुरक्षाको बारेमा प्रशिक्षण दिएको हो । प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा पुगेर अध्ययनरत बालबालिकालाई सडक सुरक्षा, लागू औसध र कुलतमा लागेपछि, फस्ने र उम्कन कठिन हुने लगायतका बिषयमा जानकारी गराएको हो ।

साइबर अपराध र दुर्घटना न्यूनीकरण गर्न अभियान नै संचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) श्रीराम तिमल्सिनाले जानकारी दिए । विशेषगरी युवायुवतीलाई सचेत गराउने उदेश्यले विद्यालयमै पुगेर प्रशिक्षण दिइएको हो, त्यसैगरि जिल्ला भित्रका मुख्य सडकमा पनि चेकजाँचमा कडाइ गरिएको छ, उनले भने - सवारी साधनको तीव्र गतिका कारण दुर्घटना हुने गरेको हो । त्यसैले दुर्घटना न्यूनीकरणको लागि पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराई सँगको समन्वयमा विद्यालयमा पुगेर प्रशिक्षण दिन थालिएको प्रवक्ता तिमल्सिनाले बताए ।

बिहिवार जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय र चरिघ्याङ टोल सुधार समितिको संयुक्त आयोजनामा दोलखा मल्टी सेक्टोरियल ट्रेनिङ्ग इन्ष्टिच्यूटमा "साईबर अपराध, लागु औषध र सडक सुरक्षा" जस्ता विषयमा सामाजिक अपराध बारे प्रशिक्षण दिईएको छ । प्रशिक्षणमा तीव्र गतिले सवारी नचलाउने, हेलमेटको प्रयोग गर्ने, मादकपदार्थ सेवन गरेर सवारी नचलाउने लगायतका बारेमा जानकारी गराइएको थियो । त्यस्तै साइवर अपराधका घटनाबाट बच्न त्यसबाट सचेत रहने, लागु औषधको कुलतले भयाबह स्थिती निम्तिन सक्ने भएकाले त्यसबाट जोगिनुपर्ने लगायतका बारेमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रम टोल सुधार समितिका अध्यक्ष दावा लामाले सहजिकरण गरेका थिए भने प्रेस सेन्टर नेपाल दोलखाका सह-सचिव राजकुमार भुजेल, शिक्षक लगाएतको उपस्थिती रहेको थियो।

लेखकको बारेमा

राजकुमार भुजेल

दोलखा छड्केमा विभिन्न कलम चलाउँछन् ।

अपडेटस्
ट्रेन्डिङ