नेपाली महिला फुटबल टिमको कप्तानमा सावित्रा

काठमाडौं। नेपाली महिला फुटबल टिमको कप्तानमा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई नियुक्त गरिएको छ । उनले एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलबाट कप्तानमा डेब्यू गरेकी हुन् ।
एन्फाले नेपालको प्लेइङ–११ सार्वजनिक गर्दा कप्तानको रूपमा मिडफिल्डर रेनुका नगरकोटे भएको उल्लेख गरिएको थियो । तर, एन्फाले केही छिनमै आफ्नो सूचना सच्याएको छ ।
आजको खेलमा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा बेञ्चमा छिन् । उनी बेञ्चमा रहेपछि अञ्जना रानामगरले गोलकिपरको जिम्मेवारी पाएकी छन् ।
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।