जिल्ला स्तरिय छात्रा फुटबल प्रतियोगिताको उपाधि एपेक्स स्कुलको पोल्टामा

दोलखा। सदरमुकाम चरिकोटमा सम्पन्न भएको जिल्ला स्तरिय छात्रा फुटबल प्रतियोगिताको उपाधि एपेक्स स्कुलले हात पारेको छ शनिबार भिमेश्वर रङ्गशालामा सम्पन्न भएको खेलमा अल्पाइन पब्लिक स्कूललाई ४ - ० ले हराउदै उपाधि हात पारेको हो।
गत बुधबारदेखि चारिकोट सिटी क्लबको आयोजना र दोलखा जिल्ला फुटबल संघको सह–आयोजनामा सम्पन्न भएको थियो। प्रतियोगितामा अल्पाईन पब्लिक स्कूलले दितृय स्थानमा चित्त बुझाउदा तृतीय स्थानमा सहिद स्मृती माध्यमिक विद्यालय र सान्तवना स्थानमा द राइजिङ हिम्ष एकेडेमी भएको कार्यक्रम सञ्चालक बिष्णु शिवाकोटीले जनाकारी दिए । प्रतियोगितामा प्रथम, दितृय ,तितृय , सान्त्वना हुने टिमलाई कार्यक्रमका प्रमुख अतिथि छवि लामाद्वारा क्रमशः २५ हजार, १५ हजार ७ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
त्यस्तै कार्यक्रम संयोजक डेनिज शिवाकोटीको संयोजकत्वमा सम्पन्न भएको प्रतियोगितामा एन्फा राष्ट्रिय टिमका कोच बाबुकाजी बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका अध्यक्ष दिनेश बस्नेत, भिमेश्वर नगरपालिका - ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, नेपाली कांग्रेसका प्रदेश सभा 'ख' का सभापति विकाश खड्का नेपाल तरुण दलका केन्द्रीय सदस्य भिम खड्का, नेपाल निर्माण व्यवसाय संघ दोलखाका अध्यक्ष राजेश थापा,विपि स्टडिज दोलखाका अध्यक्ष राजेश उप्रेती, नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष प्रदिप मानन्धर, दोलखा जिल्ला फुटबल सङ्घका कोच सन्तबहादुर जिरेल, जिल्ला फुटबल सङ्घका पुर्व अध्यक्ष गोविन्द श्रेष्ठ जिल्ला फुटबल संघका कोषाध्यक्ष पवन विक्रम खड्का, सदस्य दिपक कार्की, आमाको माया छात्राबास दोलखाका प्रमुख गणेशकुमार प्रजा लगायतको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।