एपेक्स स्कुलमा पहिलो त्रैमासिकको "Curriculum Eve" सम्पन्न

दोलखा संवाददाता ३१ जेठ २०८२, शनिवार

 दोलखा । एपेक्स स्कुलको आयोजनामा पहिलो त्रैमासिकको "Curriculum Eve" कार्यक्रम शुक्रबार हाम्रो रेडियोको हलमा सम्पन्न भएको छ । जिल्लामै पहिलोपटक आयोजना गरिएको यो कार्यक्रम शिक्षण सिकाइको प्रक्रिया, पाठ्यक्रममा आधारित शैक्षिक रणनीति, र विद्यालयको सहपाठ्य गतिविधिहरू सम्बन्धमा जानकारी दिने उद्देश्यले गरिएको हो ।

कार्यक्रम दुई सिफ्टमा सम्पन्न गरिएको थियो, जसमा विद्यालयले अपनाएको पाठ्यक्रम तथा शिक्षणको ढाँचा, समय तालिका, र सिकाइको लक्ष्यबारे प्रष्ट जानकारी दिइयोएको थियो । "Curriculum Eve" को अर्थ विद्यालयमा प्रयोग गरिने पाठ्यक्रमले विद्यार्थीहरूलाई कति प्रभावकारी रूपमा सिकाउन सक्यो भन्ने कुरा अभिभावकसँग साझेदारी गरी समीक्षा गर्ने प्रक्रिया हो।

विद्यालयका प्रधानाध्यापक नसीब कायस्थका अनुसार Apex School ले CDC (Curriculum Development Centre) द्वारा तयार पारिएको पाठ्यक्रमलाई जीवन उपयोगी र व्यवहारिक बनाउन विभिन्न सहपाठ्य गतिविधि सञ्चालन गर्दै आएको बताए ।साथै, विद्यालयले हरेक पाठलाई संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (SDGs), २१औं शताब्दीका जीवन सीपहरू, र ८ प्रकारका ‘well-being’ सँग जोडेर Lesson Plan तयार पार्ने जानकारी समेत उहाँले दिनुभयो।

कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्धलाइ  बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा दुई सय जना भन्दा बढी अभिभावकको उपस्थिति रहेको थियो

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

गौरीशंकर गाउँपालिकामा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मानित

कालिञ्चोक माविमा ट्राफिक तथा लागु औषधबारे सचेतना कक्षा

आजदेखि कक्षा १२ को परीक्षा सुरु

आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कन सर्वोच्चको आदेश

कक्षा १२ को परीक्षा सर्‍यो, अब बैशाख २१ गतेदेखि हुने

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन, परीक्षा सर्ने

कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

शिक्षकहरुको घेराबन्दीमा परेकी मन्त्री भट्टराईले दिइन् राजीनामा

भोलिबाट विद्यालय सञ्चालन गर्न वैत्यश्वर गाउँपालिकाको निर्देशन

कक्षा १२ काे परीक्षा अन्याैलमा