जुगुमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

दोलखा संवाददाता २७ जेठ २०८२, मङ्गलवार

दोलखा । गौरीशंकर गाउँपालिका–१, जुगुमा मंगलबारदेखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। गौरीशंकर गाउँपालिकाको आयोजना तथा धुलिखेल दोलखा अस्पतालको प्राबिधिक सहयोगमा संचालित शिविर मंगलवार र बुधबार (जेठ २७ र २८) दुई दिनसम्म चल्नेछ ।

शिविरको उद्घाटन गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले ब्यानर पढेर गरेका थिए । उनले स्थानीयस्तरमै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका जनताको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

स्वास्थ्य सेवामा पहुँच नपुगेका दुर्गम बस्तीका नागरिकलाई लक्षित गरी यो शिविर आयोजना गरिएको आयोजकले बताएको छ । शिविरमा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ।

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

एक सातामा ३५ जनामा कोरोना सङ्क्रमण, १ को मृत्यु

विगु गाउँपालिकामा क्षयरोग विरुद्ध सघन अभियान, २९४ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

भारतमा कोरोना संक्रमितको सङख्या १ हजार नाघ्यो

आयुर्वेद सेवाको प्रवर्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया

लापिलाङमा नसर्ने रोग रोकथामका लागि स्वास्थ्य प्रवर्धन कार्यक्रम सम्पन्न

गौरीशंकर गाउँपालिकामा नियमित खोप सुदृढीकरण तथा पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सम्पन्न

सवारी चालकको सडकमै स्वास्थ्य परीक्षण

शैलुङमा महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित आयुर्वेदिक सचेतना कार्यक्रम सम्पन्न

कालिञ्चोकमा स्वस्थ जीवन प्रवर्धन कार्यक्रम सम्पन्न

१२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा