दोलखामा बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरू

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड पहिलो पटक दोलखामा भएको हो।

राजकुमार भुजेल १७ जेठ २०८२, शनिवार

दोलखा । आजदेखि दोलखामा बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरू भएको छ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा सदरमुकाम चरिकोट स्थित भिमेश्वर रङ्गशालामा प्रतियोगिता सुरू भएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै सिटौलाले संविधानको मौलिक पक्षलाई मानेर अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मान्ने सबै राजनीतिक दल मिलेर देश विकासमा लाग्नुपर्ने अहिलेको मूल आवश्यकता रहेको बताए। पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सिटौलाले देशको अर्थ, घरेलु नीति, कृषि र बाह्यलगायत समग्र नीति बनाउने र जुन पार्टीको सरकार भए पनि त्यो नीतिका आधारमा सरकार सञ्चालन गर्नुपर्नेमा जाेड दिए। त्यसो गर्दा देशको समग्र विकास गर्न सकिने उनकाे भनाइ छ। बाग्मती प्रदेश खेलकुद विकास परिषदको आयोजना र जिल्ला खेलकुद विकास समिति दोलखाको समन्वयमा भएको प्रतियोगीतामा बाग्मती प्रदेश भित्रका १३ वटा जिल्लाका खेलाडीहरूको सहभागिता रहेको छ । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड पहिलो पटक दोलखामा भएको हो।

त्यस्तै प्रतियोगीतामा फुटबल, भलिबल,तेक्वान्दो, कराँते,बक्सिङ,ब्याडमिन्टन लगायतका विभिन्न खेल हुने जिल्ला खेलकुद विकास समिति दोलखाले जनाएको छ।

लेखकको बारेमा

राजकुमार भुजेल

दोलखा छड्केमा विभिन्न कलम चलाउँछन् ।

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

नेपाली महिला फुटबल टिमको कप्तानमा सावित्रा

जिल्ला स्तरिय छात्रा फुटबल प्रतियोगिताको उपाधि एपेक्स स्कुलको पोल्टामा

नेपाल खेलकुद महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

ओलीको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ दोलखामा नयाँ नेतृत्व चयन

दोलखा - रामेछाप अन्तर शैक्षिक संस्था स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि सहिद स्मृति आमाविलाई

नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

एपीएफ क्लबसँग लुम्बिनी ७ विकेटले पराजित

नेपाली यू-१९ टोलीले दिल्लीको टोलीसँग शृंखला खेल्ने

फागुन ०४ गते सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य

२६ औं 'फ्लोरा एक्स्पो' चैत्र १ गतेदेखि