आरोहणका लागि सगरमाथासहितका हिमालहरूमा रोप फिक्सिङको काम सुरू

दोलखा संवाददाता १२ चैत २०८१, मङ्गलवार

 वसन्त ऋतुसँगै सुरू हुने हिमाल आरोहणको नयाँ सिजनका लागि सगरमाथासहितका हिमालहरूमा रोप फिक्सिङ अर्थात् डोरी टाँग्ने काम सुरू भएको छ ।

अहिले आइसफल डाक्टरको टोलीले सगरमाथाको पहिलो शिविरदेखि दोस्रो शिविरसम्म डोरी टाँग्ने काम गरिरहेको छ । आङसाकी शेर्पा नेतृत्वको ८ सदस्यीय टोलीले १० दिनमा एक हजार मिटरमा डोरी टाँगिसकेको छ । फागुन २५ मा नाम्चेबाट हिँडेको टोलीले हिमालको पुजा गरेर चैत ३ देखि काम थालेको हो । 

तीब्र हावा र ठाउँठाउँमा हिमपहिरो डोरी टाँग्ने काममा ढिलाइ भएको सगरमाथा पोलुसन कन्ट्रोल कमिटी–एसपीसीसीका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताए । हरेक वर्ष एसपीसीसीले ५ हजार २ सय मिटरको पहिलो शिविरदेखि ६ हजार ४ सय मिटरको दोस्रो शिविरसम्म डोरी टाँग्ने काम गर्छ । 

त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक संघले टेन्डरमार्फत् जिम्मा दिने गरेकोमा यस वर्ष एटके एक्सपीडीसनले काम गरिरहेको छ । एटके एक्सपीडीसनबाट गएको टोलीले सगरमाथा र ल्होत्सेमा पनि डोरी टााग्नेछ भने गत वर्ष सगरमाथामा काम गरेको सेभेन समिटले धौलागिरी र मकालुमा डोरी टााग्ने काम गरिरहेको छ । 

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

तामाकोशीमा बाढीको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

रसुवा बाढी अपडेटः सात जनाको शव भेटियो, १८ जना अझै बेपत्ता

भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अन्तरक्रिया कार्यक्रम सम्पन्न

ट्युसन पढ्ने किशोरबिच ग्याङ फाइट हुँदा २ को मृत्यु, ६ जना पक्राउ

"साईबर अपराध, लागु औषध र सडक सुरक्षा" को विषयमा प्रशिक्षण दिँदै दोलखा प्रहरी

दोलखाको गोंगर खोलामा बाढी

बैतेश्वर गाउँपालिकाबाट मानसिक सन्तुलन गुमाएका एक युवकको उद्दार

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक अन्य सेवा सुविधा नलिने

आगामी तीन दिन भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह