नेपाल खेलकुद महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

हेटौंडा । नेपाल खेलकुद महासंघ, बागमती प्रदेश समितिको दोस्रो अधिवेशन हेटौँडामा सम्पन्न भएको छ । शुक्रबार महासंघका प्रदेश संयोजक प्रभुनारायण शिवाकोटीको अध्यक्षतामा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ प्रदेश समिति चयन गरेको छ ।
जसअनुसार जनरल श्रेष्ठ अध्यक्ष, सुनिल अधिकारी सचिव र विक्रम राज पाण्डे कोषाध्यक्षमा चयन भएका छन्। साथै उपाध्यक्षमा सिताराम बस्नेत र बाबुलाल थिङ चयन भएका छन् भने मिलन श्रेष्ठ र सबिन भोलोन उपसचिवमा चयन भएका छन् ।नवनिर्वाचित पदाधिकारीहरूलाई अधिवेशनमा सहभागी सबैले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । अधिवेशनले आगामी दिनमा बागमती प्रदेशमा खेलकुद क्षेत्रको विकासका लागि आवश्यक रणनीति तय गर्नुका साथै भावी कार्यदिशाबारे महत्वपूर्ण छलफलसमेत गरेको जानकारी गराइएको छ।
कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत प्रमुख अतिथि रूपमा सहभागी थिए भने नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा खेलकुद महासंघका केन्द्रीय इञ्चार्ज जेएन थपलिया प्रमुख वक्ताका रूपमा उपस्थित थिए । अधिवेशनमा खेलकुद क्षेत्रमा संलग्न विभिन्न व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।