५० वर्ष कटेपछी स्वस्थानी भुजेलको “उडी जाने जेट” नामक पहिलो गीत रेकर्ड

काठमाडौं। स्वस्थानी भुजेलको ५० वर्ष कटेपछी “उडी जाने जेट” नामक पहिलो गीत रेकर्ड भएको छ। जिल्लाको शैलुङ्गेश्वरमा जन्मिएकी स्वस्थानी भुजेलले झण्डै ५० वर्ष उमेर ले कटेपछि गित रेकर्डिङ गरेकी हुन्। भुजेल सानै उमेरदेखी गीत संगीतमा रुचि राख्ने गाउन रुचाउने मीठो स्वर भएकी एक प्रतिभावान व्यक्ति हुन् । गाउँ घरमा हुने बिहे,पुजा रत्तेउली,मेलापात आदिमा गीत उनि गीत गाउने गर्दथिइन् ।
कलिलै उमेरमा विवाह बन्धनमा बाधिएर घर व्यवहारमा फसेपछी मौलिक जादुमय स्वर हुँदा पनि उनी साँगीतिक क्षेत्रमा प्रबेश गर्न सकिनन् । आफ्नो ईच्छा र चाहनलाई मारेर जीवन चलाई रहिन् । अहिले उनी उमेरले पनि ५० कटीसकेकी छिन् तर पनि उनको गायकी अनि स्वरमा उही मौलिक पन रहेको देखिन्छ ।यतिबेला आएर स्वस्थानीले पहिलो गीत रेकर्ड गर्ने मौका पाएकी छिन् । खासमा लोकप्रिय गायक दिनेश भुजेलको उनी काकी आमा हुन् । दिनेश भुजेलको जोडबलले नै उनी सांगीतिक क्षेत्रमा आएकी हुन् ।
दिनेश भुजेलको शब्द,सगीत, दिनेश भुजेल र स्वस्थानी भुजेलको स्वरमा “उडी जाने जेट” नामक निकै मौलिक अनि मीठो गीतको अडियो अहिले दिनेश भुजेलको युट्युब टपिक च्यानलबाट बजारमा आईसकेको छ । केही दिनभित्र भिडियो पनि आउँने कुरा गायक तथा सर्जक दिनेशले जानकारी दिएका छन् ।
https://www.youtube.com/watch?v=jKa4j2B5Wwk
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।