३९५ जनाले गरे सगरमाथा आरोहण

काठमाडौँ । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन्। शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन्।
हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन्। सगरमाथासहित २७ हिमालमा यस यामका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन्।
यसअघि मौसम अनुकूलभएसँगै गत आइतवार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए।
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।