कालिञ्चोक माविमा ट्राफिक तथा लागु औषधबारे सचेतना कक्षा

दोलखा संवाददाता २ जेठ २०८२, शुक्रवार

दोलखा। सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक माध्यमिक विद्यालयमा ट्राफिक सचेतना तथा लागु औषधबारे सचेतना कक्षा सम्पन्न भएको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय को सयुक्त आयोजनामा कालिञ्चोक माविका विद्यार्थीहरूलाई उक्त सचेतना कक्षा सम्पन्न गरेको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागु औषधबाट हुने हानि, त्यसका असर र रोकथामका बारे जानकारी गराएका थिए ।

त्यस्तै ट्राफिक प्रहरी कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिकाको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराएका थिए ।

 

 

 

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

गौरीशंकर गाउँपालिकामा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मानित

एपेक्स स्कुलमा पहिलो त्रैमासिकको "Curriculum Eve" सम्पन्न

आजदेखि कक्षा १२ को परीक्षा सुरु

आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कन सर्वोच्चको आदेश

कक्षा १२ को परीक्षा सर्‍यो, अब बैशाख २१ गतेदेखि हुने

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन, परीक्षा सर्ने

कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

शिक्षकहरुको घेराबन्दीमा परेकी मन्त्री भट्टराईले दिइन् राजीनामा

भोलिबाट विद्यालय सञ्चालन गर्न वैत्यश्वर गाउँपालिकाको निर्देशन

कक्षा १२ काे परीक्षा अन्याैलमा