अमेरिकन नागरिकद्वारा सोक्ला भ्यालीमा रक क्लाइम्विङ

अमेरिकाको युनिभर्सिटिमा रक क्लाइविङको लोगो

दोलखा संवाददाता १ जेठ २०८२, बिहिवार

चरिकोट । अमेरिकन पर्यटकहरुले सोक्ला भ्यालीमा रक क्लाइम्विङ गरेका छन् । सगरमाथा यात्रामा रहेका अमेरिकन नागरिकहरुको १३ जनाले ४२० मिटरको उचाइमा रहेको सोक्ला रक क्लाइम्विङ आरोहण गरेका हुन् ।

सोक्लाश्वरी पर्यटन विकास समाजको नेतृत्वमा सञ्चालन भइरहेको रक क्लाइम्विङमा पहिलो पटक विदेशी पर्यटकले आरोहण गरेका हुन् । अमेरिकाको साउथ स्टन युनिभर्सिटि फ्लोरिडाको प्राफेसर सहितको टिमले रक क्लाईम्ङि गरिएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए ।युनिभर्सिटिका म्याथु वर्नेट, अलेक डन्डर जोसुवा, इजी विएल ,एन्ड्रयु, इएन, इजा बेला कोलेवान, डेबले लगाएतको टिमले रक क्लाइम्विङ गरेका हुन् । दोलखाको सोक्ला भ्यालीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने उदेश्यसहित विगत ५ वर्षदेखि रक क्लाइम्विङको प्रवद्र्धन गरीरहेको पर्यटन समाजका अध्यक्ष पाख्रिनको भनाई छ । ईलाम माइपोखरीका गाइड अमरदिप वान्तवाले अमेरिकन नागरिकहरुलाई सोक्ला भ्यालीसम्म पु¥याएका हुन् । उनीहरुलाई सोक्ला भ्यालीको ताम्बा संस्कृतिद्वारा स्वागत गरिएको थियो । साउथ स्टन युनिभर्सिटि फ्लोरिडाको प्राफेसर म्याथु वर्नेटले रक क्लाइम्विङपछि यो जीवनकै उत्कृष्ट साहसिक अनुभव भएको बताए । ‘नेपालमा मेरो तेस्रो पटकको यात्रा हो । दोलखा पहिलो पटक । यही क्रममा सोक्ला रक क्लाइम्विङ गर्ने अवसर मिल्यो,’उनले भने,‘सगरमाथा आरोहणमा सहज हुनेछ । म अर्को वर्ष आरोहणका लागि बेसक्यामसम्म जाँदैछु ।’ उनीसँगै अर्का आरोही इजी विएलले भनिन्,‘यो यात्रा रोमाञ्चोक हुने भयो । सायदै, यो मेरो जीवनको पहिलो अनुभव हो । डर थियो । तर, साहस भएकै कारण यो चटान चढ्न सजिलो भयो ।’ सोक्लाको भीर देखेर एन्ड्र यु डराएका थिए । ‘हामीले यो खालको एडभेन्चर अनुभव गरेका थिएनौं । रक क्लाइम्विङको टपमा पुगेपछि सिंगो सोक्ला भ्याली, तामकोशी र गौरींशकर हिमालको श्रृंखला देख्दा अच्चम लाग्यो,’ एन्ड्रले भने,‘पाखो पहाड धेरै देखे तर एकै ठाउँबाट फाँट, बस्ति, खोला, जंगल र हिमाल देख्ने ठाउँ भने देखेको थिएन ।’ उनी निकै प्रफुल्ल थिए ।

अमेरिकाको युनिभर्सिटिमा रक क्लाइविङको लोगो

अमेरिकाको साउथ स्टन युनिभर्सिटि फ्लोरिडामा सोक्ला रक क्लाइम्विङको लोगोसहितको मायाको चिनो राखिने फ्रोफेसर म्याथु वर्नेट बताए । खुसी हुँदै उनले भने,‘सोक्ला भ्यालीको संस्कृति, मायाको चिनो युनिभर्सिटिमा राख्ने छु ।’ अमेरिकन नागरिकसहित हिमालयन क्राउन एकेडेमीका ३९ जना विद्यार्थीहरुले रक क्लाइविङ गरेका छन् । उनीहरुको टिमबाट कविता तामाङ प्रथम, रितिका माया मगर दोस्रो र निमा डेभिट शेर्पा तस्रो भएको पर्यटन विकास समाजले जनाएको छ । उनीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।सोक्ला रक क्लाइम्विङ फेस २०८२ नाम दिएर आयोजना गरिएको यस कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले समेत रक क्लाइम्विङ गरेका थिए ।

सोक्ला भ्यालीको विकास र दोलखाकै पर्यटन आर्थिक विकासको लागि रक क्लाइम्विङ कोसेढुंगा हुने बताए । साथै उनले रक क्लाइम्विङमा सहभागी अमेरिकी नागरिकहरु र हिमालयन क्राउन एकेडेमीका विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरेका थियो ।

 

 

 

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

३९५ जनाले गरे सगरमाथा आरोहण

शैलुङ डाँडामा सरसफाई अभियान

कालिन्चोक मन्दिर परिसरमा सरसफाइ

वैशाख २० गते सोक्ला रक क्लाइम्बिङ महोत्सव हुने

कालिन्चोकका होटल सञ्चालकलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम

कोशी प्रदेश सरकारले गर्याे पर्यटन वर्ष २०८२ को तयारी

कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्छ : मन्त्री अधिकारी

बाँझो जग्गाको समस्या समाधान गर्न नीतिगत सुधारको योजना बनाइ कार्यान्वयन गर्न सरकारलाई निर्देशन

श्रम शक्तिको व्यवस्थापन गर्न नसक्दा मुलुक वैदेशिक रोजगारीको चपेटामा परेको श्रममन्त्री भण्डारीको तर्क

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल